मानसरोबर जाने तीर्थयात्री बढे, हवाइजहाज र हेलिकप्टरलाई भ्याइनभ्याई


Description:

२८ जेठ, हुम्ला । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोबर तथा कैलाश जाने तीर्थयात्री बढेपछि हुम्लामा हवाइजहाज तथा हेलिकप्टरलाई यात्रु ओसार्न भ्याइनभ्याई भएको छ ।मानसरोबर तथा कैलाश जाने प्रमुख मार्ग तातोपानी नाका र रसुवा नाका बन्द भएपछि हुम्लाको सिमिकोट हुँदै हिल्सा नाकामा तीर्थयात्रीको चाप बढेको हो ।गत वर्ष ९ हजार ६ सय तीर्थयात्रु कैलाश तथा मानसरोबर पुगेकोमा यो वर्ष त्यसको दोब्बर हुने अनुमान गरिएको छ । तीर्थयात्रीको चाप बढेपछि अहिलेसम्मकै सबैभन्दा बढी फ्लाइट हुम्लाको सिमिकोटमा भएको सिमीकोट नागरीक उड्डयन कार्यालयका बरिष्ठ अधिकृत लिलाप्रसाद श्रेष्ठले बताए ।उनले भने, ‘यात्रुको चाप बढेको दुई-तीन वर्षयता सामान्यतः ९० देखि १०० सम्म उडान हुने गरेको थियो तर शुक्रबार १३३ अवतरण र १३५ उडान भएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी उडान हो ।’


    No photos found